Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा दुई बालकमा पनि देखियो कोरोना

हाम्रो कोशी आवाज
साउन २३ २०७७, शुक्रबार
धरानमा दुई बालकमा पनि देखियो कोरोना

धरानः धरान–१५ को एक १० वर्षीय बालकमा पनि कोरोना देखिएको छ ।
योसँगै कोरोना संक्रमित बालक दुईजना पुगेको छ । बुधबार एकै परिवारका ५ जनामध्ये एक ७ वर्षीय बालकमा पनि कोरोना पुष्टि भइसकेको छ । १० वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अुनसार २१ गते १३० जनाको स्वाब संकलन गरिएको थियो ।
ती बालक धरान उपमहानगरपालिकाकी महिला कर्मचारीको छोरा हुन् । उनको आमा र हजुरआमालाई पनि ज्वरो आएको थियो । आमा र हजुआमाको भने रिपोर्ट आउन बाँकी नै रहेको छ । योसँगै धरानमा कोरोना संक्रमण हुनेको संख्या ४२ पुगेको छ । उनलाई कसरी कोरोना संक्रमण भयो भन्ने बारेमा ट्राभल हिस्ट्रिी र कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: साउन २३ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend