Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ताप्लेजुङमा चिर्पटले हानी हत्या, भाइ र भतिजी समातिए

हाम्रो कोशी आवाज
साउन २४ २०७७, शनिबार
ताप्लेजुङमा चिर्पटले हानी हत्या, भाइ र भतिजी समातिए

ताप्लेजुङः दाजुको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मेरिङ्देन गाउँपालिका– ५ थुकिमाका ६२ वर्षीय फुर्वाग्याबे शेर्पाको हत्या अभियोगमा मृतकका कान्छा भाइ पेम्बा शेर्पा र नाताले भतिजी पर्ने पासाल्हामु शेर्पालाई पक्राउ गरेको जानकारी दिए ।
आफ्नै गोठमा मृत अवस्थामा भेटिएका फुर्वाको हत्या आशंकामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले हत्या गरेको स्वीकार गरेका छन् । विवाद हुँदा पासाल्हामुको सहयोगमा चिर्पट हानी उनको हत्या गरेको फुर्वाले बयान दिएका छन् । आरोपितले म्याट्रिस, राडी, ओढ्ने कम्बल साथै दाउराले समेत छोपेर आगो लगाइदिएको प्रहरीमा बयान दिएका छन् । अनुसन्धानमा प्रहरीले दुई वर्ष अघिदेखि नै सामान्य विषयमा उनीहरूबीच विवाद चल्दै आएको जनाएको छ ।

प्रकाशित मिति: साउन २४ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend