Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराटनगरमा २२ संक्रमित थपिए

हाम्रो कोशी आवाज
साउन २५ २०७७, आइतबार
विराटनगरमा २२ संक्रमित थपिए

विराटनगरः विराटनगरमा २२ जना संक्रमित थपिएका छन् ।
विराटनगरको ९ नम्बर वडाबाट ११ जनासहित २२ जना संक्रमित थपिएका हुन् । महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले ९ बाट ११ जनासँगै वडा नम्बर ३, १० र १४ मा समान २ जनामा संक्रमण देखिएको छ । त्यसैगरि, वडा नम्बर ६, ११, १२, र १५ बाट समान १ जनामा, ३८ वर्षीय १ पुरुष संक्रमितको ठेगाना विराटनगर मात्र रहेको उनले जानकारी दिए ।
थप भएका २२ जनामध्ये ७ जना महिला र १५ जना पुरुष रहेका छन् । उनीहरु ९ वर्षदेखि ६० वर्ष उमेरसम्मका रहेको काकीले जानकारी दिए । सोही रिपोर्टमा मोरङको जहदाका १ र प्रदेश २ का ४ जनामा पनि कोरोना देखिएको छ ।

प्रकाशित मिति: साउन २५ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend