विराटनगरः आइतबार प्रदेश १ मा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरानका तीन, विराटनगरका २९ जनासहित प्रदेश १ मा ४० जना संक्रमित थपिएका हुन् । सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमित मध्ये २७ पुरूष र १३ जना महिला छन् । आइतबार धरानका दुई चिकित्सक (डाक्टर) सहित एक चिकित्सकको श्रीमतीमा पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
झापामा ४ पुरूष र १ महिला गरी पाँच जना कोरोना संक्रमण देखिएको छ । झापाको अर्जुनधारामा २ पुरूष, बाह्रदशी र दमकमा १–१ जनालाई संक्रमण देखिएको हो । यसैगरी सुनसरीमा जम्मा ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । धरानमा २ पुरूष, १ महिला, इटहरीमा २ जना र बर्जुमा १ पुरूषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १४३२ पुगेको छ । संक्रमित मध्ये ९१० जना उपचार पछि निको भएका छन् । कोरोना कारण चार जनाको मृत्यु भइसकेको छ ।