Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराटनगरमा दुई पत्रकारसहित २३ जनामा कोरोना

हाम्रो कोशी आवाज
साउन २७ २०७७, मंगलबार
विराटनगरमा दुई पत्रकारसहित २३ जनामा कोरोना

धरानः विराटनगरमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको पाइएको छ ।
विराटनगर–१७ मा सात जनासँगै विराटनगर–३, ५, ६, ७, ८, ९, १५, १७ नम्बर वडामा कोरोना पुष्टि भएको हो । एक संक्रमितको वडा खुलाइएको छैन । सोमबार ९ जना संक्रमित थपिएका थिए । योसँगै विराटनगरमा ३२ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।
विराटनगर महानगरपालिकामा पछिल्लो १२ घण्टामा एक पत्रकारसहित थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोमबार राति गरिएको पीसीआर परीक्षणमा थप दुई पत्रकारसहित २३ जनामा कोरोना पुष्टि भएको हो । विराटनगरमा कोरोना संक्रमित हुने पत्रकारको संख्या ६ पुगेको छ ।
योसँगै विराटनगरमा ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २ सय ६ पुरुष र १ सय ७ महिला छन् । संक्रमितमध्ये ६९ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् भने चार जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: साउन २७ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend