विराटनगरः प्रदेश नं. १ मा आज ९८ जना कोरोना संक्रमित थपिएका छन् ।
यो अहिलेसम्मकै उच्च संख्या हो । मोरङ ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २, इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
धरानमा दुई महिला र दुई पुरुष, सुनसरीको दुहबीमा २ महिला ५ पुरुष, देवानगञ्जमा ३ पुरुष, हरिनगर र इनरुवामा १–१ पुरुष, सुनसरीको स्थानीय तह नखुलेका १ महिला १ पुरुष रहेका छन् ।
उदयपुरको बेलकामा ४ पुरुष ३ महिला, त्रियुगामा ३ महिला ५ पुरुष, झापाको मेचीनगरमा १ महिला १ पुरुष, इलामको सुर्योदयमा १ र ताप्लेजुङको फुङलिङमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता विराटनगरमा एकैदिन ५० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर र कोशी अस्पतालमा परीक्षण गर्दा ५० जनालाई संक्रमण पुष्टि भएको हो । महानगरपालिकामा थपिएका संक्रमितमध्ये २१ महिला र २९ जना पुरुष छन् । समुदायस्तरमा संक्रमण फैलिएको विराटनगरमा एकै दिन ठूलो संख्यामा संक्रमित थपिएका हुन् । विराटनगर–२ मा दुई, ३ मा तीनजना, ५ मा पाँचजना संक्रमित थपिएका छन् । त्यस्तै, ६ मा नौजना, ७ मा एकजना, ८ मा तीनजना, ९ मा सातजना संक्रमित थपिएका छन् ।, त्यस्तै, १० का एकजना, ११ का दुईजना, १२ का एकजना र १३ मा दुईजना संक्रमित थपिएका छन् । त्यस्तै, वडा नम्बर १५ मा दुइजना, १७ मा आठजना, १८ मा एक र वडा नखुलेका तीनजना संक्रमित थपिएका हुन् ।
एकै दिन ५० जना संक्रमित थपिएसँगै विराटनगरमा संक्रमितको संख्या ३४३ पुगेको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५३ पुगेको छ ।