Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

उदयपुरमा भदौ ७ गतेसम्म निषेधाज्ञा जारी

हाम्रो कोशी आवाज
साउन २७ २०७७, मंगलबार
उदयपुरमा भदौ ७ गतेसम्म निषेधाज्ञा जारी

उदयपुरः जिल्लामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमित फेला परेपछि तीन वटा नगरपालिका क्षेत्रमा भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
उदयपुरको बेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिका क्षेत्रभित्र साउन २७ गते बेलुकादेखि भदौ ७ गतेसम्म निषेधाज्ञा घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए । उदयपुरमा मंगलबार मालपोत कार्यालयका ६ जना कर्मचारीसहित १५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यहाँ भने खाद्यान्न पसल बिहान ९ बजेदेखि १२ बजेसम्म खुला रहने जनाइएको छ ।

प्रकाशित मिति: साउन २७ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend