धरानः धरानमा आज (बुधबार) थप ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
थपिएका संक्रमित धरान–१५ का ३ जना, १६ का २ जना र १० र ८ मा एक एक जना थपिएका छन् । जसमध्ये ८ नं. वडाका ३८ वर्षीय पुरुष, १० का २२ वर्षीय पुरुष, १६ का २४ वर्षीय पुरुष र २१ वर्षीय महिला, १५ नं. वडाका ६९ वर्षीय पुरुष, ३७ वर्षीय महिला र ३३ वर्षीय पुरुष रहेको जानकारी धरान उपमहानगपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
धरान उपमहानगरपालिकाको कर्मचारी र धनकुटाकी सांसदमा संक्रमण
धरानमा थपिएका संक्रमितमध्ये एकजना धरान उपमहानगरपालिकाकी कर्मचारी रहेको खुलेको छ ।
धरान–१६ मा डेरा गरी बस्ने साथै धरान–७ वडा कार्यालयकी कर्मचारी रहेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख मेहताले जानकारी दिए । यस्तै, धनकुटाकी सांसद र उनको श्रीमानमा पनि कोरोना पुष्टि भएको उनले जानकारी दिए । उनीहरूको खास घर इटहरी हो । संक्रमितको अवस्था सामान्य छ । ‘कुनै लक्षण नै देखिएको छैन’, उनले भने ।
यससँगै धरानमा संक्रमितको संख्या ६१ पुगेको छ । -शीर्षकमा ८ जना हुनुपर्नेमा ७ जना भएकोले सच्याइएको छ ।