Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बीपी प्रतिष्ठानमा सय बेडको आइसोलेसन शैथ्या थपियो

हाम्रो कोशी आवाज
साउन २९ २०७७, बिहिबार
बीपी प्रतिष्ठानमा सय बेडको आइसोलेसन शैथ्या थपियो

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय शैथ्या थप गरेर अस्पताल सञ्चालनमा ल्याइएको छ ।
कोभिड–१९ अस्पताल सञ्चालनसँगै थप १० भेन्टिलेटरसहितको सय बेड थपिएको हो । यसअघि शैथ्या अभावका कारण संक्रमितलाई समस्या थियो । विशेषतः प्रदेश १ का संक्रमितहरूको समेत चाप हुने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड–१९ अस्पतालमा आइसोलेसन शैथ्या थपिएको हो । यहाँ विशेषतः लक्षण देखिएका बिरामीलाई उपचार गर्ने गरी व्यवस्था गरिएको र उपचार पनि थालिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । ‘हप्तादिनभित्र आइसोलेसन कक्ष थप्ने भनेका थियौं, त्यो थपिएको छ’, उनले भने ।
यसअघि ७० जना बिरामीको क्षमताको आइसोलेसन कक्ष रहेको थियो तर पेइङ वार्डलाई समेत आइसोलेसन कक्ष बनाएर १०० जनासम्म संक्रमित राख्नुपरिरहेको थियो’, उनले भने, ‘त्यही भएर यहाँ थप सेवा विस्तार गरेका हौं ।’
अहिले लक्षण नभएका संक्रमित धेरै रहेको प्रतिष्ठानमा लक्षणसहितका पनि थपिने सम्भावनालाई मध्यनजर गरेर शैथ्या थपिएको उनले जानकारी दिए । ‘अहिले प्रतिष्ठानमा लक्षणसहितका संक्रमित छैनन्, लक्षणसहितका कोरोना संक्रमित थपिने हो भने के हाल होला भनेर थप सय बेडको शैथ्या थपेका हौं । उनले भने ।
प्रतिष्ठानको कोभिड अस्पताल सञ्चालनमा आएसँगै अव १२ वटा भेन्टिलेटर, २० वटा एचडीयु युनिट सहित २ सय जना बिरामीलाई सेवा प्रवाह गर्न सक्ने प्रतिष्ठानले जनाएको छ । उनले यहाँ नेपालमा भएको अन्य कोरोना अस्पतालभन्दा कमी नभएको जानकारी दिए । संघीय सरकारले प्रतिष्ठानलाई कोभिड–१९ उपचारको लागि ‘लेभल ३’ अस्पतालको स्तरमा वर्गीकरण गरिसकेको छ ।

प्रकाशित मिति: साउन २९ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend