Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ मा हालसम्मकै धेरै संक्रमित

हाम्रो कोशी आवाज
साउन २९ २०७७, बिहिबार
प्रदेश १ मा हालसम्मकै धेरै संक्रमित

विराटनगरः मोरङमा ८८ सहित प्रदेश १ मा १ सय १५ जना नयाँ संक्रमित थपिएका छन् ।
प्रदेश १ मा बिहीबार थपिएको संक्रमित संख्या अहिलेसम्मकै उच्च हो । सुनसरीमा १५ पुरुष र ४ महिला गरी १९ जनामा संक्रमण देखिएको छ । इटहरीमा १० पुरुष ३ महिला, धरानमा १, बराहक्षेत्रमा १, दुहबीमा ३ र रामधुनीमा १ जनामा संक्रमण पुष्टि भएको छ । झापाको बिर्तामोडमा १ जना, इलामा ४ जना र उदयपुरमा १ जनामा संक्रमण देखिएको छ ।
विराटनगर महानगरपालिका भित्र बिहीबार एकै दिन ६० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित मध्ये ३८ पुरूष र २२ महिला रहेका छन् । यस्तै मोरङको बुढीगंगा गाउँपालिका २५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमित सबै पुरूष छन् । बुढीगंगा देखिएको संक्रमित मध्ये आरती स्ट्रिप्समा काम गर्ने २१ जना रहेका छन् ।
अन्य बुढीगंगा २ का ३ जना र ७ का १ जना रहेका छन् । कटहरीमा तीन जना संक्रमण देखिएको छ । झापाको बिर्तामोडमा १ जना, इलाममा चार जना र उदयपुरमा १ जनामा संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमतिको संख्या १६२६ पुगेको छ । प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ४० पुगेको छ ।

प्रकाशित मिति: साउन २९ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend