विराटनगरः विराटनगरमा पनि थप सात दिन लकडाउन थपिएको छ ।
समुदायमा कोरोना फैलिएको र कोरोनाको हटस्पट बनेको विराटनगरमा भदौ ५ गतेसम्म लकडाउन थप भएको हो ।
महानगरपालिकास्तरीय कोभिड-१९ क्राइसिस मेनेजमेन्ट समितिको शुक्रबार बसेको बैठकले साउन १६ गतेदेखि ३० गतेसम्मको लागि लकडाउन गरेको थियो । महानगर प्रमुख भीम पराजुलीले अत्यावश्यक बाहेकका सबै सेवा सो अवधिमा बन्द गरिने बताए ।
बिहीबारसम्म विराटनगरमा संक्रमितको संख्या ४१५ पुगेको छ ।
