Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि

हाम्रो कोशी आवाज
साउन ३० २०७७, शुक्रबार
धरानमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि

धरानः धरानमा आज (शुक्रबार) थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै धरानमा संक्रमितको संख्या ६४ पुगेको छ । समुदायमा कोरोना संक्रमित हुनेहरूको संख्या २९ पुगेको छ ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले धरानमा थप दुईजनामा कोरोना संक्रमण भएको पुष्टि गरे । संक्रमित हुनेमा इटहरी–८ ठेगाना लेखाएका ३० वर्षीय पुरुष र धरान–१९ की ३३ वर्षीया महिला रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: साउन ३० २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend