Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीका २२ सहित प्रदेश १ मा ९५ जना संक्रमित

हाम्रो कोशी आवाज
साउन ३० २०७७, शुक्रबार
सुनसरीका २२ सहित प्रदेश १ मा ९५ जना संक्रमित

धरानः सुनसरीमा २२ जनासहित प्रदेश १ मा ९५ जना कोरोना संक्रमित थपिएका छन् ।
सुनसरीको दुहबीका २ महिला ११ पुरुष, घुस्कीका ३ पुरुष, इटहरीका २ पुरुष, धरानका १ महिला १ पुरुष, देवानजञ्जका १ पुरुष र रामधुनीका १ महिला संक्रमित थपिएका छन् ।
यस्तै, मोरङमा विराटनगरमा २० पुरुष र १३ महिला गरि ३३ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै, मोरङको रंगेलीमा १९ पुरुष र ९ महिला गरि २८ जना संक्रमित भेटिएका छन् भने सुन्दरहरैचामा १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
उता झापामा ९ पुरुष र २ महिला गरी ९ जनामा संक्रमण पुष्टि भएको छ । झापाको भद्रपुरमा २ पुरुष, दमकमा ४ महिला र २ पुरुष तथा शिवसताधीमा १ पुरूषमा संक्रमण देखिएको छ । धनुषा र सिरहाको विष्णुपुरका १–१ जनामा संक्रमण देखिएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ८ सय २१ पुगेको छ । प्रदेश १ बाट आज (शुक्रबार) ३५ जना डिस्चार्ज भएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना र मेची अस्पताल झापाबाट १७, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२ जना डिस्चार्ज भए । डिस्चार्ज भएकाहरु झापाका १५, मोरङका १४, इलामका ४ र सुनसरीका २ जना रहेका छन् ।

प्रकाशित मिति: साउन ३० २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend