दमकः झापाको दमकमा पनि लकडाउन भएको छ ।
नगरपालिकाले लकडाउन घोषणा गरेको हो । आकस्मिक बैठकले शनिबार रातिदेखि लागू हुने गरी एकसाता लकडाउन गर्ने निर्णय गरेको हो । नगरप्रमुख रोमनाथ ओलीले यस अवधिमा औषधि र दूध डेरीबाहेक कुनै पनि पसल, उद्योग तथा संघ संस्थाहरु सञ्चालन हुन नपाउने बताए ।
उनले अनुमतिबिना आए क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था आउने बताए । उनले पूर्वपश्चिम राजमार्गमा सञ्चालन हुने सवारीसाधन समेत दमकमा रोकिन नपाउने बताउँदै कोही भित्रिने भएमा अग्रिम अनुमति लिनुपर्ने नगरपालिकाले निर्णय लिएको बताए । अनुमतिबिना दमकमा कोही आए अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नगरप्रमुख ओलीको भनाइ छ ।