Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा तीनदिनअघि पक्राउ परी हिरासतमा रहेकालाई कोरोना

हाम्रो कोशी आवाज
भाद्र १ २०७७, सोमबार
सुनसरीमा तीनदिनअघि पक्राउ परी हिरासतमा रहेकालाई कोरोना

सुनसरीः सुनसरीमा हिरासतमा रहेकालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका दुई व्यक्तिलाई कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कार्यालयका अनुसार ज्यान मार्ने उद्योगमा पक्राउ परेका दुईजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।
कार्यालयका प्रवक्ता डिएसपी विनोद शर्माले तीनदिनअघि पक्राउ परेका ज्यान मार्ने उद्योग मुद्दाका आरोपीलाई कोरोना संक्रमण भएको जानकारी दिए । दुईजनामा कोरोना संक्रमण पुष्टि भएपछि हिरासतमा रहेका अन्य १२ जनाको पनि स्वाब संकलन गरी परीक्षण गरिएको थियो । अन्यको भने रिपोर्ट नेगेटिभ आएको कार्यालयका प्रवक्ता डिएसपी शर्माले बताए ।
पोजेटिभ रिपोर्ट आएका दुई जनालाई छुट्टै राखिएको उनले जानकारी दिए ।

प्रकाशित मिति: भाद्र १ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend