विराटनगरः धरानका १८ जनासहित प्रदेश १ मा ८३ जना संक्रमित थपिएका छन् । धरानमा १२ महिला र ६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाका अनुसार प्रदेश १ मा ८३ जना कोरोना संक्रमित थपिएका हुन् । बितेको २४ घण्टामा सुनसरीमा ३१, मोरङमा ४४, झापामा ७ जना संक्रमित थपिएका छन् । यस्तै, प्रदेश १ बाहिरका १ जना कोरोना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।
यस्तै, सुनसरीकै गढीमा ४ पुरुष, इनरुवामा ४ पुरुष, देवानगञ्जमा ३ पुरुष, कोशी र रामधुनीमा समान १ पुरुषमा रिपोर्ट पोजेटिभ आएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा २९ जना संक्रमित थपिएका छन् । थपिएकामध्ये १३ महिला र १६ पुरुष रहेका छन् । त्यस्तै, बेलबारीमा ७ महिला ३ पुरुष, बुढीगंगामा १ महिला ३ पुरुष, सुन्दरहरैंचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । झापाको दमकका ४ पुरुष, शिवसताक्षीका २ र कनकाईका १ पुरुष र जनकपुरका १ पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९२ पुगेको छ । प्रदेश १ मा २४ जना डिस्चार्ज भएका छन् । योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ९९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज (सोमबार) धरानस्थित बीपी प्रतिष्ठानबाट ६ जना, कोभिड १९ आइसोलेसन केन्द्र, पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पतालबाट १७, चौदण्डीगढी उदयपुरबाट एक जना डिस्चार्ज भएका छन् ।