Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोरङका स्वास्थ्य प्रमुखलाई कोरोना

हाम्रो कोशी आवाज
भाद्र २ २०७७, मंगलबार
मोरङका स्वास्थ्य प्रमुखलाई कोरोना

विराटनगरः जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ को प्रदेशस्तरीय कोभिड उपचार केन्द्रका व्यवस्थापनको प्रमुखको भूमिकामा निभाउँदै आएका उनमा आफूसहित कार्यालयका तीन जना कर्मचारीमा संक्रमण देखिएको स्वास्थ्य प्रमुख बस्नेतले बताए । उनले ज्वरो, रुघालगायतको लक्षण देखिएको बताए ।
उनी अहिले अहिले होम आइसोलेसनमा छन । प्रमुख बस्नेतका अनुसार स्वास्थ्य कार्यालयमा एक साताअघि एक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनीहरु होम क्वारेन्टाइनमा बसेका थिए । कर्मचारीमा संक्रमण देखिएपछि कार्यालयका सबै ४३ जनाको स्वाब संकलन गरिएको थियो ।
एक साताअघि देखिएका संक्रमित कर्मचारी हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् ।

प्रकाशित मिति: भाद्र २ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend