Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

छुट्टाछुट्टै घटनामा तीनको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र ४ २०७७, बिहिबार
छुट्टाछुट्टै घटनामा तीनको मृत्यु

विराटनगरः मोरङको उर्लाबारी नगरपालिका–७ का २८ वर्षीय नविन विकको करेन्ट लागेर मृत्यु भएको छ ।
बुधवार साँझ ६ बजेको समयमा घर नजिकै रहेको कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा घाइते भएका विकलाई उपचारको लागि गोदावरी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।
पौडी खेल्ने क्रममा डुबेर मृत्यु
मोरङको रङगेली नगरपालिका–१ का ४९ वर्षीय खड्गबहादुर मगरको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । बुधवार दिउँसो ३ बजेको समयमा घर नजिकै रहेको माछा पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर घटनास्थलमै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।
खोलाले बगाएर बेपत्ता बालक मृत फेला
सानो माईखोलाले बगाएर बेपत्ता भएका झापा गाउँपालिका–२ झापाका १५ वर्षीय राजु भण्डारी मृत फेला परेका छन् ।
बुधबार साँझ ७ बजेको समयमा सो खोलामा पौडी खेल्ने क्रममा अचानक खोलाले बगाएर बेपत्ता भएका बालकको खोज तलास गर्ने क्रममा बिपद ब्यबस्थापन गुल्म चन्द्रगढीबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान साढे ६ बजे बगाएको स्थान भन्दा करिव ५० मिटर दक्षिण मृत फेला पारेको हो भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति: भाद्र ४ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend