Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोरङका विराटनगरसहित चार पालिकामा निषेधाज्ञा, सडकमा सर्वसाधारण देखिए पनि कारवाही

हाम्रो कोशी आवाज
भाद्र ५ २०७७, शुक्रबार
मोरङका विराटनगरसहित चार पालिकामा निषेधाज्ञा, सडकमा सर्वसाधारण देखिए पनि कारवाही

विराटनगरः मोरङका विभिन्न चार वटा पालिकामा निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले भदौ १० गतेसम्मका लागि विराटनगर महानगरपालिका, रंगेली नगरपालिका, बुढीगंगा गाँउपालिका, र कटहरी गाँउपालिकाका विभिन्न वडामा निषेधाज्ञा लागु गरिएको हो ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा सम्पन्न भएको जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले भदौ १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको निर्णय गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले निषेधाज्ञा तोकिएको स्थानमा विहान ९ बजेसम्म अत्यावश्यक सेवाका फलफूल, तरकारी, खाद्यान्नका पसल खोल्न मिल्ने र त्यसबाहेकको समयमा पसल खुले वा सडकमा सर्वसाधारण देखिए कारवाही गरिने बताए ।

प्रकाशित मिति: भाद्र ५ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend