Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अस्पताल खोज्दाखोज्दै कोशी गाउँपालिकाका अध्यक्षको निधन

हाम्रो कोशी आवाज
भाद्र ६ २०७७, शनिबार
अस्पताल खोज्दाखोज्दै कोशी गाउँपालिकाका अध्यक्षको निधन

धरानः सुनसरीको कोशी गाउँपालिकाका २ का वडा अध्यक्ष हिरालाल यादवको मृत्यु भएको छ ।
घरमै बसिरहेको बेला शनिबार दिउँसो हर्टअट्याक भएपछि उपचारको लागि अस्पताल दौडाउने क्रममा उनको मृत्यु भएको गाउँपालिकाले जनाएको छ । उपचारका लागि अस्पताल लगिएपनि कोरोना भाइरसका कारण अस्पतालमा भेन्टिलेटर अभाव भएकोले समयमै उपचार नपाउँदा यादवको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताए ।
शुरूमा धरानस्थित कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएका उनको धरानले भेण्टिलेटर भएको अस्पताल लैजान भनेको उनले जानकारी दिए । त्यसपछि विराटनगरको अस्पतालमा फोन सम्पर्क गरियो तर त्यहाँ पनि छैन भन्ने जानकारी आएपछि झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । ढिलोगरी त्यहाँ पुरयाइका उनको मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति: भाद्र ६ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend