Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब विराटनगरमा कोरोना संक्रमितले होटल आइसोलेसनमा ११ सय तिरेर बस्न पाउने

हाम्रो कोशी आवाज
भाद्र ७ २०७७, आइतबार
अब विराटनगरमा कोरोना संक्रमितले होटल आइसोलेसनमा ११ सय तिरेर बस्न पाउने

विराटनगरः विराटनगरमा अब कोरोना संक्रमितले होटल आइसोलेसनमा बस्न पाइने भएको छ ।
रकम तिरेर बस्नका लागि यो सुविधा ल्याएको विराटनगर उपमहानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए । होटल एसियाटिकका सञ्चालक पुण्य भट्टराईसित आइतबार समझदारीपत्रमा हस्ताक्षर भएसँगै त्यहाँको आइसोलेसन सञ्चालनमा आएको हो । प्रमुख पराजुलीका अनुसार प्रति दिनको १ हजार १ सय रुपैयाँ तिरेर वातानुकूलित कोठामा बस्न र लन्च, ब्रेकफास्ट र अन्य खाने, पिउने सुविधा होटलको मेनुअनुसार जनाइएको छ ।
प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले साउनको अन्तिम सातामा होटल आइसोलेसन बनाउने नीतिगत निर्णय गरेको थियो । तर प्रदेश सरकारको होटल आइसोलेसनको अवधारणा सफल भएको थिएन । होटल एसियाटिकमा सञ्चालन गर्न लागिएको आइसोलेसन नेपालकै पहिलो होटल आइसोलेसन भएको दाबी गरिएको छ ।

प्रकाशित मिति: भाद्र ७ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend