Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भानुचोकमा प्रहरीको निगरानी तर घुइँचोसहित तरकारी किनबेच

हाम्रो कोशी आवाज
भाद्र ७ २०७७, आइतबार
भानुचोकमा प्रहरीको निगरानी तर घुइँचोसहित तरकारी किनबेच

धरानः धरानस्थित भानुचोकमा बिहान ६ बजेदेखि ८ बजेसम्म घुइँचो हुने गरेको छ । धरानस्थित सब्जीमण्डी र पालिकामा तरकारी बजारमा बिक्रीका लागि प्रतिबन्धलगाएपछि भानुचोक घण्टाघर उत्तरपट्टि तरकारी बेच्न थालिएको हो । त्यहाँ अहिले धरान उपमहानगरपालिकाको प्रहरीले निगरानी गर्छ तर घुइँचोसहित तरकारी किनबेच जारी छ । त्यहाँ अधिकांश सब्जीमण्डीकै व्यापारी छन् । उनीहरूले नै सो ठाउँमा तरकारी बजार लगाएका हुन् । एक दुईवटा तरकारी पसल हुँदै अहिले त्यहाँ धेरै तरकारी बेच्ने व्यापारी पुगिसकेका छन् । त्यहाँ सामाजिक दुरी कायम छैन । मानिसमा भौतिक दूरी कायम गर्नु नै लकडाउन र निषेधाज्ञाको मुख्य उद्देश्य हो । तर दैनिक सर्वसाधारणदेखि व्यवसायीसम्मले हेलचेक्रयाइँ गरिरहेका छन् । सामाजिक दुरी कायम गरेर बिक्री वितरण हुनुपर्ने स्थानीको माग छ । धरानमा नागरिकको लापरवाहीले पनि कोरोनाको जोखिम रहेको चिकित्सकहरूले बताउँदै आएका छन् । ठीक्क ८ बजेपछि प्रहरीले त्यहाँको पसल उठाउन थाल्छ ।

८ बजेपछि सामान उठाएर फर्किदै एक व्यवसायी ।


फोटोः हाम्रो कोशी आवाज डटकम

प्रकाशित मिति: भाद्र ७ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend