Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

उदयपुरमा बाबुलाई खुकुरी प्रहार गर्ने खम्बसिंह पक्राउ, झापामा श्रीमतीलाई खुकुरी हान्ने राजेन्द्र मृत भेटिए

हाम्रो कोशी आवाज
भाद्र ७ २०७७, आइतबार
उदयपुरमा बाबुलाई खुकुरी प्रहार गर्ने खम्बसिंह पक्राउ, झापामा श्रीमतीलाई खुकुरी हान्ने राजेन्द्र मृत भेटिए

धरानः उदयपुरमा धारिलो हतियार (खुकुरी) प्रहार गरी दुईजना घाइते बनाएको आरोपमा रौतामाई गाउँपालिका–७ पाखा टोलका २६ वर्षीय खम्बसिंह परियार आइतबार पक्राउ परेका छन् ।
उनले मादक पदार्थ सेवन गरी धारिलो हतियार खुकुरी प्रहारबाट रौतामाई गाउँपालिका ७ पाखा टोलका बुवा गंगाबहादुर परियार र त्रियुगा नगरपालिका ७ का कुभिण्डेका पाहुना ५५ वर्षीय जुद्ध (काजी) खपाङ्गी मगरलाई घाइते बनाएका थिए ।
घर नजिकैको जंगलमा लुकीछिपी बसकोको अवस्था खुकुरी सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भीम दाहालले जानकारी दिए । खुकुरी प्रहार गरेर भागेपनि शनिबार राति कपडा लिन आएको सूचनाको आधारमा उनलाई आइतबार बिहान घर नजिकैको जंगलबाट पक्राउ गरिएको एसपी दाहालले जानकारी दिए ।
छोरोको खुकुरी प्रहारबाट बाबुको टाउको, कम्मरमा गम्भिर चोट पटक लागेको छ भने पाहुनाको गर्दनमा गम्भीर चोट पटक लागेको छ । दुवै घाइतेलाई विराटनगरको गोल्डेन हस्पिटलमा उपचार भइरहेको छ ।
उता झापाको श्रीमतीलाई खुकुरी हानी मरणासन्न बनाएर फरार भएका अर्जुनधारा–२ खुदुनाबारीका राजेन्द्र अधिकारी मृत भेटिएका छन् ।अधिकारीको शव नजिकैको जंगलमा शनिबार फेला परेको प्रहरीले जनाएको छ ।
गत भदौ १ गते घरायसी विवादमा अधिकारीले श्रीमती लक्ष्मी अधिकारीमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए । अधिकारीले श्रीमतीको हात, छाती, गर्धनमा अन्धाधुन्ध खुकुरी प्रहार गरेर जंगलतर्फ भागेका थिए । श्रीमतीलाई घाइते बनाएर नजिकको जंगलतिर पसेका अधिकारीलाई प्रहरी र स्थानीयले खोज्दा फेला पार्न सकेका थिएनन् ।
डोरी र घटनामा प्रयोग गरिएको खुकुरी लिएर अधिकारी जंगल पसेको र घटनास्थलबाट एक किलोमिटरको दुरीमा रहेको जंगलभित्र सखुवाको रुखको हाँगामा पासो लगाएर झुन्डिएको गरेको अवस्थामा शव पाइएको शनिश्चरे प्रहरीले जनाएको छ । अधिकारीको शव कुहिएको, कीरा परेको र आँखा निस्किसकेको अवस्थामा फेला थियो । खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको अनुमान गरेर अधिकारीले पनि आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् ।

प्रकाशित मिति: भाद्र ७ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend