धरानः बितेको २४ घण्टामा प्रदेश १ मा १०९ जना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या २ हजार ८ सय ३२ पुगेको छ ।
२९ महिलासहित १०९ संक्रमित थपिएका हुन् । धरानमा तीन महिलासहित सुनसरीमा ४८ संक्रमित थपिए । सुनसरीको दुहबीमा २ महिला १४ पुरुष, इटहरीमा ४ महिला ४ पुरुष, भोक्राहा नरसिंहमा ६ पुरुष, कोशी गाउँपालिकामा ५ पुरुष, बराहक्षेत्रमा ३ पुरुष, इनरुवामा १ महिला २ पुरुष, बराहक्षेत्रमा ३, गढीमा १ र स्थानीय तह नखुलेको एक पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै, मोरङमा पनि ४८ जना संक्रमित थपिएका छन् । यस्तै, झापामा ८, खोटाङमा १ र प्रदेश १ बाहिरका ४ जना संक्रमित थपिए । विराटनगरमा मात्रै २६ जना संक्रमित थपिएका छन् । जसमा १० महिला १६ पुरुष छन् । धनपालथानमा २ महिला ६ पुरुष, ग्रामथानमा १ महिला ५ पुरुष, बेलबारीमा १ महिला २ पुरुष, बुढीगंगामा २ पुरुष, रंगेलीमा १ पुरुष, जहदामा १ महिला र स्थानीय तह नखुलेकी १ महिलामा संक्रमण पुष्टि भएको छ ।
झापाको भद्रपुरमा १ महिला ३ पुरुष, कमलगाउँपालिकामा १ महिला १ पुरुष, दमक र गौरीगञ्जमा १–१ पुरुष, खोटाङको दिक्तेलामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ३३२ पुगेको छ ।