घरमा अध्ययनकोठा बनाउँदा वास्तु शास्त्रलाई पनि ध्यान दिनुपर्छ । यसो गर्दा अध्ययनमा लगनशिल र तिष्ण बन्न सकिन्छ । अध्ययन कक्षमा प्रयोग हुने रङ, पढ्ने टेवल आदीले पनि पढाइमा प्रभाव पार्छ । वास्तु शास्त्र अनुसार अध्ययन कक्ष बनाइदिँदा बच्चाहरुमा पढ्ने मन जागृत हुन्छ । पढ्दाखेरी पूर्व फर्किनु पर्छ । सुत्दा पूर्वतिर सिरानी बनाउँदा विद्या प्राप्ती हुन्छ ।
वास्तु शास्त्रका अनुसार अध्ययन कक्षको व्यवस्थापन यसरी गर्न सकिन्छ ।
अध्ययन कक्षका लागि उपर्युक्त दिशा ईशान (पूर्व–उत्तर) हो । यो दिशाले एकाग्रता बढाउने काम गर्छ ।
अध्ययन गर्ने टेबल वर्गाकार या आयातकार हुनु पर्छ । टेबल पुस्तकले भरिएको हुनु हुदैन ।
अध्ययन कक्षका भित्तामा हल्का निलो, घिउ रङ, सेतो या हल्का हरियो रङ लगाउनसकिन्छ ।
पढ्ने टेबलमा प्रकाश देब्रेपट्टीबाट आउने गरी व्यवस्था गर्नु उचित हुन्छ । टेवल ल्याम्प राख्दा पनि सोही अनुसार राख्नुपर्छ ।
किताबहरु राखिने अलमारी, दराज आदि अध्ययन कक्षको पूर्व, उत्तर अथवा उत्तर–पूर्व दिशामा राखिनु पर्छ ।
बच्चाहरुलाई अध्ययन कक्षमै सुत्ने व्यवस्था हुनु पर्छ । पूर्व–उत्तर दिशामा पूर्वतर्फ सिरानी राखेर सुत्दा राम्रो मानिन्छ ।
आचार्य वासुदेवकृष्ण शास्त्री