धरानः नेपाली फिल्म हेर्ने संस्कार शुरुको दशकभन्दा पछि कम हुँदै गएपछि अब स्कुल र कलेजमै पठनपाठन थालिने भएको छ ।
कोरोना प्रभाव हट्ने बितिकै आगामी वर्षका लागि पाठ्यक्रमनिर्माण गर्ने कार्य शुरु गरिने जनाइएको छ । आगामी वर्षदेखि विद्यालयस्तरबाटै फिल्मबारे पढ्न पाइने भएको छ ।
आममानिसमा नेपाली फिल्मको इतिहास र ज्ञान बढाउन चलचित्र विकास बोर्डले नयाँ योजना अघि सारेको छ । चलचित्र विकास बोर्डको पहलमा नेपाल सरकार शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई पाठ्यक्रम निर्माण समितिको पदेन सदस्यको रुपमा आमन्त्रित गरेका छन् । निमावि तहदेखि कलेज र सबै क्याम्पसहरुमा फिल्मबारे शिक्षा सुचारु गर्न सके नेपालीकला, संस्कृति र साहित्यको महत्व बढ्नेछ । नेपालीफिल्मको संस्कर बढ्नेछ ।
अबका दिनमा व्यवसायिक शिक्षाहरु आवश्यक रहेको यकिनगर्दै पाठ्यक्रमविकास केन्द्रले नयाँ पाठ्यक्रममाफिल्मलाई समेट्न लागिएको हो । शुरुमा विद्यालयस्तर र त्रिभुवनविश्वविद्यालयअन्तर्गतका पाठ्यक्रममा फिल्मलाई समेट्ने तयारी गरिएको छ । त्यसपछि सबै विद्यालय र कलेजहरुमा फिल्मको विषय पनि पढ्न सकिनेछ । यसले भविष्यमा गएर फिल्मप्रति रुचि हुने विद्यार्थीलाई पहिलेदेखि नै लगाव राख्ने र तयारी गर्ने निश्चित रहन्छ, पाठ्यक्रमविकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले बताए ।