Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संक्रमित तीन हजार नाघ्यो

हाम्रो कोशी आवाज
भाद्र ११ २०७७, बिहिबार
संक्रमित तीन हजार नाघ्यो

धरानः बितेको २४ घण्टामा प्रदेश १ मा ९० जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३० पुगेको छ ।
सुनसरीमा ३८ सहित प्रदेश १ मा ९० संक्रमित थपिएका हुन् । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार धरानबाट यसपटक तीनजना थपिएका छन् ।
धरानमा १ महिला २ पुरुष, इनरुवामा १ महिला १ पुरुष, इटहरीमा २ महिला ८ पुरुष, दुहवीमा ४ महिला ८ पुरुष, गढीमा २ महिला २ पुरुष, रामधुनीमा ४ पुरुष, बर्जुमा ३ पुरुष थपिएका छन् ।
सबैभन्दा बढी मोरङमा ४६ जना थपिएका छन् । संखुवासभामा ४, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा मात्रै ३८ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । २० महिला र १८ पुरुषमा संक्रमण देखिएको छ । मोरङको कटहरीमा ३ महिला ४ पुरुष र सुन्दरहरैंचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ बाहिरका १ पुरुषमा संक्रमण देखिएको छ ।
पहाडी जिल्ला संखुवासभाको खाँदबारीमा संखुवासभाको खाँदबारीका ४ पुरुष, इलामका् इलाम नगरपालिकाका १ महिला र प्रदेश १ बाहिरका १ पुरुषमा संक्रमण देखिएको छ । यससंगै प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ३ हजार ३० पुगेको छ । अर्कोतर्फ प्रदेशबाट ८१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
कोभिड १९ आइसोलेसन केन्द्र रंगेलीबाट ३६, मेची अस्पताल झापाबाट ९, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, काली सदन आइसोलेसन, विराटनगरबाट १ र होम आइसोलेसनबाट २९ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । हालसम्म प्रदेशमा डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय ९६ पुगेको छ ।

प्रकाशित मिति: भाद्र ११ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend