धरानः धरानमा फेरि अर्का संक्रमितको मृत्यु भएको छ ।
योसँगै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
उपचाररत सिरहाका ५५ वर्षीय पुरुषको निधन भएको प्रतिष्ठान प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । सिरहा–१ घर भएका ती पुरुषको अहिले (बिहीबार) साँझ ६ः४५ मा मृत्यु भएको उनले जानकारी दिए ।
अस्पताल आउनुअघि तीनदिनदेखि अत्याधिक खोकी, स्वास फेर्न समस्या, ज्वरो आएपछि उनी अस्पताल भर्ना भएका थिए । उनलाई परिवारले सिधै यहाँ अस्पताल ल्याएका थिए । उनमा उच्च रक्तचापको समस्या थियो भने टिबीको औषधि सेवन गरिरहेका थिए । उनी गत ६ गते प्रतिष्ठानमा भर्ना भएका थिए । दुई दिनदेखि आइसियुमा उपचारत् उनको गत ७ गते पिसिआर पोजेटिभ रिपोर्ट आएको थियो । शवको व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।