धरानः प्रदेश १ मा दिनहुँ संक्रमित घट्दै गएका छन् । बुधबारसम्म १०० बढी संक्रमित थपिएको प्रदेश १ मा बिहीबार ९० जना संक्रमित थपिएका थिए । यस्तै, बितेको २४ घण्टामा ७४ जना कोरोना संक्रमित थपिएका छन् ।
शुक्रबार धरानबाट ५ महिला ४ पुरुष थपिएका छन् । धरानका ९ जनासहित सुनसरीबाट जम्मा ४१ जना कोरोना संक्रमित थपिएका हुन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५ पुरुष, इनरुवामा ६ महिला १४ पुरुष, देवानगञ्जमा २ महिला २ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, मोरङ र झापामा समान १४ जना संक्रमित थपिएका छन् । संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेका छन् । विराटनगरमा २ महिला ५ पुरुष, लेटाङमा १ महिला २ पुरुष, सुन्दरहरैचा र रंगेलीमा समान दुई महिला–पुरुषमा संक्रमण देखिएको छ ।
झापाको कमल गाउँपालिकामा २ महिला ७ पुरुष, मेचीनगरमा ३ पुरुष, हल्दीबारीमा १ पुरुष, शिवसताक्षीमा १ महिला, संखुवासभाको पाँचखपनमा १ पुरुष, खाँदबारीमा १ महिला, पाँचथरको फाल्गुनन्दमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ४ पुगेको छ ।
बितेको २४ घण्टामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १६ र विराटनगर अस्पताल आइसोलेसन केन्द्रबाट २ जना डिस्चार्ज भएका छन् ।
प्रदेश १ मा हालसम्म १ हजार ५ सय १६ जना कोरोना जितेर फर्किएका छन् । प्रदेश १ मा थप ३ जनाको मृत्यु भएको छ । झापाको दमकका एक पुरुष, मोरङको बेलबारीकी एक महिला र सिरहाको लहानकी एक महिलाको शुक्रबार मृत्यु भएको पुष्टि भएको हो । प्रदेश १ मा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।