बेलबारीः मोरङको बेलबारीमा भएको ‘ग्याङ फाइट’ मा एक युवाले ज्यान गुमाएका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले दिएका जानकारी अनुसार ‘ग्याङ फाइट’ मा चन्द्रकुमार राईले ज्यान गुमाएका हुन् ।
घटनामा परेर घाइते भएका राईको उपचारका क्रममा मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा उनको मृत्यु भएको हो । स्थानीय ३२ वर्षीय जितेन चौधरी, २५ वर्षीय दिनेश श्रेष्ठ, ३२ वर्षीय सन्तोष मगर र विक्रम राईसहितको समूह र ४० वर्षीय चन्द्रकुमार राई, ४२ वर्षीय सईकुमार राई, ३२ को समुन्द्र राई र १६ कोे गौरव राईको समूहबीच झडप भएको हो ।
सुरुमा चौधरीको समूहले खुकुरी र बन्चरो लगायतका हतियारले प्रहार गरेपछि दोहोरो झडप भएको प्रहरीले जनाएको छ । अघिल्लै दिनको रिसईबीका कारण भएको ‘ग्याङ फाइटमा’ एक जनाले ज्यान गुमाएको प्रहरीको भनाइ छ ।
सुरुमा चौधरीको समूहले खुकुरी र बन्चरो लगायतका हतियारले प्रहार गरेपछि दोहोरो झडप भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका दुई पक्षबीच बिहीबार बेलुकैदेखि सामान्य विवाद रहेको र त्यही विवाद शुक्रबार दिउँसो १ बजे झडपमा परिणत भएको डीएसपी राईले बताए । घटनासँगै फरार अवस्थामा रहेका दिनेश श्रेष्ठ, सन्तोष मगर र विक्रम राईको प्रहरीले खोजी गरिरहेको छ ।