Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान दरबन्दी भएका प्रहरी हवल्दारको दुर्घटनामा गयो ज्यान

हाम्रो कोशी आवाज
भाद्र १३ २०७७, शनिबार
धरान दरबन्दी भएका प्रहरी हवल्दारको दुर्घटनामा गयो ज्यान

सुनसरीः इनरुवामा एक व्यक्तिको दुर्घटनामा परी मृत्यु भएको छ ।
इनरुवा–९ बबियास्थित भित्री सडकमा शनिबार मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवलदारको ज्यान गएको हो ।
मृत्यु हुनेमा संघीय प्रहरी इकाई कार्यालय धरान दरबन्दी भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हवल्दार विजयकुमार मण्डल रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले बताए ।
सप्तरी बलान घर भएका उनी को१प २११५ नं. को मोटरसाइकलमा गस्तीमा निस्केका बेला बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका मण्डलको टाउकामा गम्भीर चोट लागेकामा उपचारका लागि विराटनगर लगिएको थियो ।
उपचारका क्रममा मण्डलको मृत्यु भएको प्रहरी नायव उपरीक्षक शर्माले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनको शव अहिले घरतिर लगिसकिएको उनले जानकारी दिए ।

प्रकाशित मिति: भाद्र १३ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend