Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुठुनीबारीमा बाँदर धपाउन बन्दुक पड्काउँदा गोली लागेर बालकको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र १३ २०७७, शनिबार
सुठुनीबारीमा बाँदर धपाउन बन्दुक पड्काउँदा गोली लागेर बालकको मृत्यु

खोटाङ (रासस): बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर खोटाङमा एक बालकको मृत्यु भएको छ।
ऐसेलुखर्क गाउँपालिका-४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर सोही स्थानका १२ वर्षीय शैलेन्द्र तामाङको मृत्यु भएको हो । घरबाट करिब एक किलोमिटर उत्तरमा रहेको सुठुनीबारीमा बाँदर धपाउन शुक्रबार साँझ भरुवा बन्दुक पड्काउने क्रममा गोली लाग्दा बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए । प्रहरीले मानकाजीलाई बन्दुकसहित पक्राउ गरेको छ ।
मृतक बालकको शव प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा परीक्षण गरेर आफन्तको जिम्मा लगाइसकिएको प्रहरीले जनाएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट टाढा भएकाले उक्त घटनाका बारेमा विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरी प्रमुख प्रनाउ चिमरियाले बताए ।
बाबुआमा वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएपछि शैलेन्द्र मानकाजी (आमाको बहिनी)को घरमा बस्दै आएका थिए । बाँदर छेक्न गएका बालक बाँदर आउने भनिएको स्थानबाट आएपछि गोली लागेको जलेश्वरीका वडाध्यक्ष नैनकुमार राईले बताए ।
दश स्थानीय तह रहेको जिल्लामा बाँदर आतङ्क बढेपछि स्थानीय बासिन्दाले विभिन्न प्रक्रिया अपनाएर धपाउने गरेका छन् । जिल्लाका कतिपय स्थानीय तहका बासिन्दाले चन्दा सङ्कलन गरेर बाँदर धपाउनेलाई खर्च दिने गरेका छन् ।

प्रकाशित मिति: भाद्र १३ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend