सुनसरीः सुनसरी भोक्राहा नर्सिङ गाँउपालिका–४ स्थित राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाइकल चालक भोक्राहा नर्सिङ–६ बस्ने २६ वर्षीय जगदेव मेहताको मृत्यु भएको छ ।
आइतबार दिउँसो पौने २ बजे पश्चिमतर्फ जाँदै गरेको बा२१च ५६९४ नम्बरको पिकअप गाडीले विपरीत दिशाबाट आइरहेको को ३८ प ३४६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मेहता गम्भीर घाइते भएकोमा उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा दिउँसो साँढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी विनोद शर्माले जानकारी दिए ।
ठक्कर दिने गाडी र चालक सिन्धुली बस्ने सन्तबहादुर पुलामी मगर नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।