धरानः बितेको २४ घण्टामा प्रदेश १ मा ९५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ३ हजार ३११ पुगेको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार धरानका ६ जनासहित ९५ संक्रमित थपिएका हुन । धरानमा १ महिला र ५ पुरुषसहित सुनसरीबाट ३७ संक्रमित थपिए । सुनसरीको दुहवीमा १४ पुरुष, इटहरीमा ४ महिला र ४ पुरुष, इनरुवामा १ महिला र ५ पुरुष, बर्जुमा २ र गढीका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
मोरङमा ४५, झापामा ९, संखुवासभामा २ र प्रदेश १ बारिहका २ जनामा कोरोना संक्रमण देखिएको छ । विराटनगरमा थप ४२ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार २१ महिला र २१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङको लेटाङमा १ महिला, पथरीशनिश्चरे र रंगेलीमा १–१ पुरुषमा संक्रमण देखिएको छ ।
यसैगरी झापाको कन्काइमा २ महिला र ६ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, संखुवासभाको खाँदबारीमा १ पुरुष, स्थानीय तह नखुलेकी १ महिला तथा प्रदेश १ बाहिरका १ महिला र १ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
प्रदेश १ मा आइतबार ९ जना डिस्चार्ज भएका छन् । सबै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ५३४ पुगेको छ ।