Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका ७ जनासहित १३७ संक्रमित थपिए

हाम्रो कोशी आवाज
भाद्र १७ २०७७, बुधबार
धरानका ७ जनासहित १३७ संक्रमित थपिए

विराटनगरः प्रदेश १ मा बुधबार १ सय ३७ कोरोना संक्रमित थपिएका छन् । धरानका ७ जनाजनासहित १३७ संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा धरानमा इलाका प्रहरी कार्यालयका एक जना कैदीबन्दी पनि छन् ।
सुनसरीमा अहिलेसम्मकै धेरै ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार ५६ जनामा कोरोना संक्रमण देखिएको सुनसरीबाट बुधबार ७१ जना कोरोना संक्रमित थपिएको हुन् ।
मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५८ जनामा संक्रमण पुष्टि भएको छ । इटहरीका संक्रमितहरु एक उद्योगका कामदार हुन् । संक्रमण देखिएकामध्ये ७ महिला र ५१ जना पुरुष रहेका छन् । बर्जुमा २, इनरुवा र भोक्राहा नरसिंहमा १–१ र स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीबाट अहिलेसम्म ३ सय ८५ जना कोरोनामुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।
मोरङमा ४७, झापामा ११, भोजपुरमा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरका २१ महिला २३ पुरुष, धनपालथानमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको कमल गाउँपालिकामा ३ महिला ३ पुरुष, मेचीनगरमा ३ पुरुष, विर्तामोड र गौरीगञ्जमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै, भोजपुरको हतुवागढीमा ३ पुरुष, पाँचथरको स्थानीय तह नखुलेका १ पुरुष र प्रदेश १ वाहिरका २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ५९१ पुगेको छ । प्रदेश १ मा बुधबार ८४ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ६८७ पुगेको छ ।

प्रकाशित मिति: भाद्र १७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend