Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेशभरी १ भरीका सर्वोत्कृष्ट प्रहरी घोषित

हाम्रो कोशी आवाज
भाद्र १७ २०७७, बुधबार
प्रदेशभरी १ भरीका सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगरः इलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत प्रहरी हवल्दार पदमबहादुर खड्का र प्रहरी चौकी खार्ताम्छा खोटाङमा कार्यरत प्रहरी हवल्दार रामकुमार चौधरी क्रमशः असार र श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
विभागीय मुल्य–मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ अवैध लागुऔषध खैरो हिरोइन, ब्राउन सुगर लगायतका प्रतिबन्धित लागुऔषधसहित सो कारोबारमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनीय कार्य गरेकोले प्रहरी चौकी महारानीझोडा झापा दरबन्दी भई इलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत प्रहरी हवल्दार खड्कालाई निजले गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्याङकन गर्दै २०७७ साल असार ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो ।
यसै गरी कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथकर्तब्य ज्यान जस्तो जघन्य अपराध गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूति अभिवृद्धि गर्नेतर्फ प्रशंसनीय कार्य गरेकोले सशस्त्र प्रहरी सेनामुख खोटाङ दरबन्दी भई प्रहरी चौकी खार्ताम्छा खोटाङमा कार्यरत प्रहरी हवल्दार चौधरीलाई निजहरुले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७७ साल श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेशभरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

प्रकाशित मिति: भाद्र १७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend