विराटनगरः बितेको २४ घण्टामा धरानका २१ सहित प्रदेश १ मा ९५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ६८० पुगेको छ ।
धरानका ४ महिला र १७ पुरुषमा कोरोना पुष्टि भइसकेको छ । योसँगै सुनसरीमा २८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार सुनसरीको इटहरीमा १ महिला र २ पुरुष, बर्जु, भोक्राहा नरसिंह र स्थानीय तह नखुलेका समान १ पुरुष र देवानगञ्जमा १ महिलामा कोरोना देखिएको छ ।
मोरङमा ४४, झापामा १२, संखुवासभामा ६, धनकुटा र तेह्रथुममा २–२ र प्रदेश १ बाहिरका १ जनामा कोरोना देखिएको हो । यसपटक विराटनगरमा थप ३३ जनामा संक्रमण देखिएको छ । विराटनगरका १३ महिला र २० पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । मोरङको सुन्दरहरैंचामा ३ पुरुष, लेटाङमा २ महिला र १ पुरुष, कटहरीमा २ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १–१ पुरुष र बुढीगंगामा १ महिलामा संक्रमण देखिएको छ ।
यस्तै, झापाको कमल गाउँपालिकामा २ महिला र ४ पुरुष, बिर्तामोडमा ४ महिला र १ पुरुष, अर्जुनधारामा १ पुरुष, संखुवासभाको खाँदबारीमा ५ पुरुष र मादीमा १ पुरुष, धनकुटाको शहिदभूमीमा १ पुरुष, धनकुटा नगरपालिकामा १ महिला, तेह्रथुमको म्याङलुङमा १ महिला र १ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेशबाट बिहीबार ६० जना डिस्चार्ज भएका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना डिस्चार्ज भएका छन् । यस्तै, मारवाडी सेवा सदन आईसोलेसन केन्द्र, विराटनगरबाट १८, होम आइसोलेसनबाट ११ जना, कालिसदन आइसोेलेसन, विराटनगरबाट ७ जना, विराट मेडिकल आईसोलेसन केन्द्र, बुढीगंगाबाट ६ जना, रुम्जाटार आइसोलेसन केन्द्र, ओखलढुंगाबाट २, धाइजन आइसोलेसन केन्द्र, झापाबाट २ र वैजनाथपुर आईसोलेसन केन्द्र, विराटनगरबाट १ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७४७ पुगेको छ ।