विराटनगरः विराटनगरस्थित कोशी अस्पताल एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
कोशी अस्पतालमा मृत्यु भएकी महिलाको भने शनिबार बिहान ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको अस्पतालका वरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिए ।
कोशी अस्पतालमा विराटनगर–४ कि ६४ वर्षीय महिलाको शुक्रबार साँझ मृत्यु हो । उनको शनिबार बिहान ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई शुक्रबार दिउँसो ३ बजेतिर अस्पताल ल्याइएको थियो । उनको साँझ ७ः३० बजे उनको मृत्यु भएको हो ।