विराटनगरः मोरङको सुनवर्सी–८ स्थित एरियाबाट नियन्त्रित लागुऔषधसहित २ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सुनवर्सी ४ का १९ बर्षीय सन्जु गनगाई र सुनवर्सी ८ का १८ वर्षीय भीमकुमार मण्डल रहेका छन । विहान ११ बजे को४प ९४६ नम्बरको मोटरसाइकलमा सवार गरी आएका दुवैजनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट ६ बोतल इएसकेयुएफ र १९० गोटी ल्याबरेट प्रतिबन्धित औषधी) फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।
