Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ मा हालसम्म ४३ जना संक्रमितको उपचारका क्रममा मृत्यु

हाम्रो कोशी आवाज
भाद्र २२ २०७७, सोमबार
प्रदेश १ मा हालसम्म ४३ जना संक्रमितको उपचारका क्रममा मृत्यु

विराटनगरः विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।
योसँगै प्रदेश–१ मा हालसम्म ४३ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
११ महिला र ३२ पुरुष गरी ४३ जना संक्रमितको मृत्यु भएको छ । कोभिड १९ उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले दिएका जानकारी अनुसार विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान ३ बजेतिर मृत्यु भएको हो ।
होम आइसोलेसनमा बसेका उनको उच्च रक्तचापको समस्या र श्वासप्रश्वासमा कठिनाई भएपछि उपचारका लागि शनिबार पुरुष केन्द्रमा भर्ना भएका थिए । मन्त्रालयले १ हजार ८ सय १९ जना संक्रमित निको भएर डिस्चार्ज भएको जनाएको छ ।

प्रकाशित मिति: भाद्र २२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend