Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ताप्लेजुङमा पहिरोले पुरिएर दुईजनाको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र २२ २०७७, सोमबार
ताप्लेजुङमा पहिरोले पुरिएर दुईजनाको मृत्यु

ताप्लेजुङः ताप्लेजुङ सिरिजंघा गाउँपालिका ४ का दुईजनाको पहिरोले पुरिएर मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३० वर्षीय राजु लिम्बू र ५५ वर्षीय विष्णुदास थेवे रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
गएराति परेको अविरल वर्षाको कारण सोही स्थानमा रहेको निर्माणाधीन नागदेवा लघु जलविद्युत आयोजनाको पावर हाउस भवन समेत माथिबाट झरेको पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
सोही आयोजनाको पावर हाउसमा लिम्बू र थेवे अप्रेटरको काम गर्दै आएका थिए । पावर हाउसमै रहेको अवस्थामा पहिरोले पावर हाउस बगाउँदा उनीहरूको पनि पुरिएर मृत्यु भएको हो । घटनास्थलमा प्रहरी टोली खटी गई शवको उद्दार गरी कानुनी कारबाही भइरहेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: भाद्र २२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend