विराटनगरः मोरङ धनपालथान ३ चेकाटोल बस्ने विजय ऋषिदेवको ६ वर्षीय छोरा वसिकरण ऋषिदेवको रुखको हाँगाले लागेर मृत्यु भएको छ ।
दिउँसो १२ बजे मृतक बालकका काका सुनिल ऋषिदेवले जंगलबाट रूखको हाँगा ल्याई घरमा राख्ने क्रममा घरको आँगनमा खेलिरहेका बालकलाई एक्कासी लाग्दा उनी घाइते भएका थिए ।
घाइते बालकको कर्सिया अस्पतालमा उपचारको क्रममा दिउँसो पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सुनिल ऋषिदेव तत्काल फरार रहेकोले उनको खोजी भइरहेको सो कार्यालयले जनाएको छ ।