Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका ४ सहित १५५ संक्रमित थपिए

हाम्रो कोशी आवाज
भाद्र २२ २०७७, सोमबार
धरानका ४ सहित १५५ संक्रमित थपिए

विराटनगरः बितेको २४ घण्टामा धरानका ४ जनासहित प्रदेश १ मा १५५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार १७७ पुगेको छ ।
यो संक्रमण अहिलेसम्मकै धेरै हो । सोमबार धरानमा ४ पुरुषसहित सुनसरीबाट ६६ संक्रमित थपिए । सुनसरीकै इनरुवामा २४ महिला र १८ पुरुष, इटहरीमा ५ महिला र १० पुरुष, दुहवीमा २ पुरुष, रामधुनीमा १ पुरुष, गढीमा १ महिला र १ पुरुष थपिए ।
यस्तै, मोरङमा ६७, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा संक्रमण देखिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा मात्रै ५१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये २० महिला र ३१ पुरुष छन् । मोरङको रतुवामाइमा ५ पुरुष, बेलबारीमा ५ पुरुष, जहदामा १ महिला र २ पुरुष र धनपालथानमा ३ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
झापाको कन्काईमा ७ महिला र ६ पुरुष, बिर्तामोड र बा¥हदशीमा १–१ पुरुष, पाँचथरको फिदिममा ६ पुरुष र उदपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा सोमबार ५२ जना डिस्चार्ज भएका छन् ।
सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ आइसोलेसन, चतराबाट ३१, बिजेनरल अस्पताल आइसोलेसन हरिनगरबाट १०, विराट मेडिकल कलेज आइसोलेसनबा ५, कालिसदन आइसोलेसन विराटनगरबाट ४ र मारवाडी सेवा सदन आइसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति: भाद्र २२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend