Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

८० संक्रमित थपिए, १६ जना डिस्चार्ज

हाम्रो कोशी आवाज
भाद्र २३ २०७७, मंगलबार
८० संक्रमित थपिए, १६ जना डिस्चार्ज

धरानः बितेको २४ घण्टामा धरानका एकजनासहित प्रदेश १ मा थप ८० जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार २५७ पुगेको छ ।
धरानमा एक पुरुषसहित सुनसरीमा मंगलबार सुनसरीमा ३७ जना संक्रमित थपिएका छन् । इटहरीमा १० महिला र ८ पुरुष, दुहवीमा ४ महिला र ८ पुरुष, कोशी गाउँपालिकामा २ महिला र १ पुरुष, गढी, रामधुनी, इनरुवामा समान एक पुरुषमा संक्रमण भएको छ ।
इटहरीमा १० महिला ८ पुरुष, दुहवीमा ४ महिला ८ पुरुष, कोशी गाउँपालिकामा २ महिला १ पुरुष, गढी, रामधुनी, इनरुवा समान १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, मोरङमा २२, झापामा १६, ओखलढुंगामा २, इलाम, उदयपुर र प्रदेश १ बाहिरका समान १ जनामा संक्रमण देखिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरका ११ महिला र ६ पुरुष, रतुवामाइका ३ र ग्रामथानका १ पुरुष, बुढीगंगाकी १ महिलामा कोरोना देखिएको छ । यसैगरी झापाको दमकमा २ महिला र ४ पुरुष, शिवसताक्षीमा २ महिला र १ पुरुष, गौरीगञ्जमा १ महिला र १ पुरुष, विर्तामोडमा १ महिला र १ पुरुष, बा¥हदशी, मेचीनगर र कन्काईमा १–१ पुरुष, ओखलढुंगाको मानेभन्ज्याङका २ पुरुष, इलामकी १ महिला, उदयपुरको चौदण्डीगढीकी १ महिला र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेशमा मंगलबार १६ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति: भाद्र २३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend