विराटनगरः प्रदेश प्रहरी कार्यालय, प्रदेश १ का प्रहरी नायव महानिरीक्षक (डिआईजी) ईश्वरबाबु कार्कीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका ५२ वर्षीय डिआईजी कार्कीलाई मंगलबार कोरोना संक्रमण देखिएको हो । विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका स्वास्थ्य निरीक्षक राजेन्द्र कुइँकेलले उनका परिवारको भने रिपोर्ट नेगेटिम आएको जानकारी दिए ।
कोरोनासँग मिल्ने लक्षण देखिएपछि उनले सोमबार बिहान स्वाब परीक्षणका लागि दिएका थिए । संक्रमण पुष्टि भएपछि कार्की प्रदेश प्रहरी कार्यालयको क्वार्टरकै आइसोलेसनमा छन् ।