Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मानिस किन दुःखी हुन्छ ?

हाम्रो कोशी आवाज
भाद्र २४ २०७७, बुधबार
मानिस किन दुःखी हुन्छ ?

समस्या त्यो अप्ठयारो परिस्थिति हो जसले व्यक्तिको जीवनमा असजिलोपना निम्त्याउँछ । त्यसकारण असल र सफल जीवन अस्तित्वको लागि हरेक व्यक्तिले समस्या समाधान अनिवार्य गर्नुपर्छ । समस्या समाधान गर्नु एक मानवीय कला हो । जुन व्यक्तिको उच्च सोंचमा निर्भर गर्छ र यस्तो सोंच उसको गहिरो तपस्याबाट मात्र सम्भव हुन्छ ।
व्यक्तिको जीवन रहुन्जेल कुनै न कुनै रूपमा समस्या आउँछ । जसलाई जीवनको पर्यायवाची पनि भन्न सकिन्छ । जीवन एक संघर्ष पनि हो । त्यसैले खुशी जीवनको लागि समस्याबाट भाग्ने होइन जुध्ने हो । समस्यालाई परास्त पार्ने हो र जसलाई सुवर्ण अवसरमा रुपान्तरण गर्ने हो । यसको लागि समस्याको पहिचान अनिवार्य गर्नुपर्छ ।
व्यक्तिको व्यक्तिगत वा पेशागत जीवनमा आउन सक्ने समस्या मुख्यतः वास्तविक र काल्पनिक हुन्छन् । समस्या व्यक्तिको चाहना वा आवश्यकताले पनि सिर्जना गर्छ । जसलाई पहिचान गर्दै छुट्याउन सक्नुपर्छ । अन्यथा समस्याप्रतिको अस्पस्ट बुझाइ वा दृष्टिकोणले व्यक्ति जीवनभर दुःखी हुने र अरूलाई पनि दुःख दिने गर्दछ । त्यसैले समस्याको प्रमुख कारण के हो र कहाँ छ ? अनिवार्य निचोर्न सक्नुपर्छ ।
त्यो व्यक्ति जीवनमा धेरै दुःखी हुन्छ जो परिणाममुखी हुन्छ । वाह्य वस्तु, सम्बन्ध र पद प्रतिष्ठामा आफ्नो सुख सयल खोज्छ । यस्ता व्यक्तिको मनस्थिति वाह्य परिस्थितिको कारणले परिवर्तन भई रहन्छ र जीवनमा अनेकौं समस्याहरू आइरहन्छ । समस्या काल्पनिक हो कि वास्तविक छुट्याउन सक्दैन । समस्याहरूको भुमरीमा फँस्न पुग्छ । यसबेला उसको बुद्धि डराउँछ । मन शक्तिशाली हुन्छ । मनले सन्त्रास फैलाई रहन्छ । जसले गर्दा उसलाई अरु कसैले सहजै बहकाउन सक्छ र अरूको भनाइ कतै सही हो कि भनी सोच्न र मान्न बाध्य बनाउँछ ।

दुःखको प्रमुख कारण भनेकै बुझाइको नाममा हुने अस्पष्टता हो । जसले व्यक्तिको मानसिकतामा भ्रम सिर्जना गर्दै गलतलाई पनि सत्य हो भनी सावित गराउँदै स्वीकार गराउँछ । त्यसैले समस्याप्रति व्यक्ति स्पष्ट हुनुपर्छ । मनको कारणले उत्पन्न हुने कुनै पनि प्रकारको काल्पनिक समस्यालाई निःसर्त त्याग्नुपर्छ । आवश्यकताको प्राथमिकताको आधारमा उच्च तहको वास्तविक समस्या पहिचान गर्नुपर्छ र त्यसको समाधानका उपायहरू रच्नुपर्छ ।
वास्तविक समस्यालाई व्यक्तिले जटिल समस्याको रूपमा होइन एक अस्थायी परिस्थिति हो भनी सोंच्नुपर्छ र चुनौतीको रुपमा स्वीकार गर्नुपर्छ । आफ्नो मनस्थिति स्पष्ट र दह्रो बनाउनुपर्छ । जानकारी होइन सम्बन्धित विषयको ज्ञान बढाउनुपर्छ । यस्तो प्रकारको सोंचले वुद्धि सक्रिय बनाउँछ । जसले व्यक्तिलाई जिम्मेवार बनाउँदै संघर्ष गर्न आन्तरिक उर्जा र स्वतन्त्रता पनि प्रदान गर्दछ । वास्तविक समस्यालाई मनोरञ्जनात्मक ढंगले समाधान गर्नु नै जीवनको उद्देश्य हो भनी बुझ्नुपर्दछ ।
जस्तो कि कसैले करकाप गरयो भन्दैमा धुम्रपान, मद्यपान नगर्ने व्यक्तिले उनीहरूको आग्रह कदापि ग्रहण गर्दैन । त्यस्तैगरी हरेक व्यक्तिले आफ्नो जीवनमा आउने समस्याप्रति आन्तरिक रुपले स्पष्ट हुनु नितान्त जरुरी छ । जीवनमा आउने समस्याको मुख्य दोषी आफूलाई देख्न सिक्नुपर्छ । अनि मात्र वास्तविक समस्यालाई चुनौतीको रूपमा स्वीकार गर्न र गतिलो योजना साथै निरन्तरको प्रयासमार्फत् चुनौतीलाई अवसरमा बदल्न सकिन्छ ।
(लेखकः धरानका निजी शिक्षालयका अध्यापक हुन्।)

प्रकाशित मिति: भाद्र २४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ९ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend