विराटनगरः बितेको २४ घण्टामा धरानका २२ जनासहित प्रदेश १ मा १५५ जना संक्रमित थपिएका छन् ।
धरानमा १३ महिला र नौ पुरुष, इटहरीमा ९ पुरुष र १३ महिला, इनरुवामा ४ महिला र १२ पुरुषसहित सुनसरीमा ६० संक्रमित थपिएका छन् ।
मोरङमा ८०, भोजपुरमा पाँच, धनकुटामा चार, झापामा तीन, ताप्लेजुङ, उदयपुर तथा प्रदेश बाहिरका समान एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विराटनगरमा ७० जनामा संक्रमण देखिएकोेमध्ये ३० महिला र ४० पुरुष छन् । थपिएकामा मोरङको लेटाङमा एक महिला र तीन पुरुष, पथरीशनिश्चरेमा तीन पुरुष, उर्लाबारी र सुन्दरहरैचामा एकएक पुरुष, ग्रामथानमा एक महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
भोजपुरको षडानन्दमा एक महिला र चार पुरुष, धनकुटाको चौबिसेमा एक महिला र दुई पुरुष, धनकुटा नगरपालिकामा एक पुरुष, झापाको कमलगाउँपालिका र कनकाईमा एकएक पुरुष, शिवसताक्षीमा एक महिला, ताप्लेजुङको मेरिङदेनमा एक महिला, उदयपुरको त्रियुगामा एक पुरुष र प्रदेश बाहिरका एक महिलामा संक्रमण पुष्टि भएको बताइएको छ ।
प्रदेशमा हालसम्म चार हजार ४१२ जना कोरोनाबाट संक्रमित भएका छन् भने जिल्ला अस्पताल धनकुटाबाट १४, जीवन विकास आधारभुत विद्यालय धनकपालथानबाट १३, जिल्ला अस्पताल संखुवासभाबाट पाँच र होम आईसोलेसनबाट चारसहित ३६ जना आज डिस्चार्ज भएका छन् ।
अहिलेसम्मा यसप्रदेशबाट कोरोनाबाट मुक्त भएर घर फर्केनेको संख्या एक हजार ९४८ पुगेको छ । यसप्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा एक हजार ३७० जना सहित अहिलेसम्ममा एक लाख तीन हजार ३३३ जनाको पिसिआर परीक्षण भइसकेको छ ।