धरानः बितेको २४ घण्टामा प्रदेश १ मा धरानका एकजनासहित ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ४९८ पुगेको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार धरानका एकजना पुरुषसहित सुनसरीमा २३ जना संक्रमित थपिए । इटहरीमा ८ महिला र ६ पुरुष, दुहबीमा १ महिला र ३ पुरुष, बराहक्षेत्रमा ३ पुरुष थपिए ।
यस्तै, मोरङमा १६, संखुवासभामा २२, झापामा १२, पाँचथरमा ४, भोजपुरमा ३, उदयपुर, इलाम र प्रदेश १ बाहिरका २–२ जनामा संक्रमण देखिएको छ ।
मोरङको विराटनगरमा २ महिला र ४ पुरुष, रतुवामाईमा ३ महिला र २ पुरुष, पथरीशनिश्चरेमा १ महिला र १ पुरुष, कटहरी र सुनबर्षीमा १–१ पुरुष तथा रंगेलीमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । संखुवासभाको खाँदबारीमा २० पुरुष, सिलिचोङमा १ पुरुष र चिलिलामा १ महिलामा कोरोना देखिएको छ ।
झापाको शिवसताक्षीमा २ महिला र ५ पुरुष, कमल गाउँपालिका र बाहदशीमा १–१ पुरुष, दमकमा १ महिला र स्थानीय तह नखुलेका २ पुरुष, पाँचथरको फिदिममा २ पुरुष, मिक्लाजुङमा १ पुरुष, फालेलुङमा १ महिला, भोजपुरको ट्याम्केमैयुङ, भोजपुर र षडानन्दमा १–१ पुरुष, उदयपुरको त्रियुगामा २ पुरुष, इलामको चुलाचुलीमा १ महिला र १ पुरुष तथा प्रदेश १ बाहिरका १ महिला र १ पुरुषमा संक्रमण देखिएको छ । प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ९५३ पुगेको छ ।