Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

निमित्तको भरमा कार्यालय

हाम्रो कोशी आवाज
भाद्र २६ २०७७, शुक्रबार
निमित्तको भरमा कार्यालय

ताप्लेजुङः नेपाल टेलिकम ताप्लेजुङद्वारा वितरित इन्टनेट सेवाको गुणस्तर र प्रभावकारी बनाउन माग गर्दै कम्प्युटर एसोसिएशन नेपाल महासंघ र नेपाल पत्रकार महासंघ ताप्लेजुङले शुक्रबार जिल्ला प्रशासन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ध्यानाकषर्ण गराएको छ ।
गत साताबाट ताप्लेजुङमा नेपाल टेलिकमबाट सञ्चालित एडीएसएल इन्टरनेट सेवामा गुणस्तरीयतामा आएको ह्रासका कारण सूचना प्रविधि क्षेत्रमा तहसनहस भइरहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
नेटमा आएको प्राविधिक समस्याका कारण नेटसँग जोडिएर काम गर्नुपर्ने अधिकांश कामहरु प्रभावित हुँर्दै आएकोले यस प्रकारको समस्याले सरकारी तथा गैर सरकारी सबै क्षेत्रका सेवा प्रदायकले हैरानी खेप्दै आएको ध्यानाकषर्ण पत्रमा उल्लेख गरिएको छ ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ र स्यानीय सेवाग्राहीले ताप्लेजुङले ध्यानाकर्षण गर्दै आएको तर नेपाल टेलिकम कार्यालयले समस्यको विषयमा कुनैपनि कदम नचालेको तत्काल समाधानको उपाय नखोज्नु कार्यालयका नेतृत्वबाटै कुनैपनि पहल नभएको पत्रमा उल्लेख गरिएको छ ।
नेपाल टेलिकम कार्यालय ताप्लेजुङ लामो समयदेखि निमित्तको भरमा सञ्चालन भइरहेकोले कार्यालय प्रमुखसहित दक्ष प्रविधिक जनशक्तिको पदपूर्ति गर्नुपर्ने माग समेत ध्यानाकषर्ण पत्रमा पहल गर्न माग गरिएको छ ।

प्रकाशित मिति: भाद्र २६ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend