सुनसरीः सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चोकमा भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो साढे १ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१प१४१२ नम्बरको मोटरसाइकलले स्थानीय ५० वर्षीया इन्द्रलक्ष्मी शाक्यलाई ठक्कर दिँदा घाइते भएकी उनीलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएकोमा उपचारको क्रममा शुक्रबार दिउँसो साढे ३ बजे मत्यु भएको सुनसरीका प्रहरी प्रवक्ता डिएसपवी विनोद शर्माले जानकारी दिए ।
ठक्कर दिने मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।